Tuesday, January 10, 2017

राप्रपाले पृथ्वी जयन्ती मनाउँदै: कमल थापाले प्रचण्डलाई भेटेरै निम्ता दिए,ज्ञानेन्द्रलाई बोलाएनन्

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मनाउने भएको छ । दिउँसो साडे १ बजे देखी अपरान्ह चार बजेसम्म काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटी मण्डपमा चियापान कार्यक्रम राखेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्प कमल दहाललाई पनि कार्यक्रममा निम्ता दिएको छ ।

सरकारले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरेको पृथ्वी जयन्तीका दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउने भएपछि अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै निम्ता दिए साथै अन्य नेता तथा तथा कार्यकर्ता सम्मलाई पनि निम्ता पठाईयो तर पूर्व राजा ज्ञनेन्द्रलाई भने उनले बोलाएका छैनन् ।

राप्रपाका अध्यक्ष कमल थापाले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई म आफैले भेटेर निम्तो दिएको हुँ । तर पूर्व राजा ज्ञानेन्द्र शाहलाई चियापानमा आउन निम्तो दिइएको छैन ।’

त्यस्तै नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको सम्झनामा आज विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुले पनि आ-आफ्नो स्तरबाट विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

Published on January 11, 2017 at 12:01 am

Loading…
Previous Post
Next Post

post written by:

0 comments: