Wednesday, January 18, 2017

सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको डेढ लाख दिन थाल्योे


काठमाडौं, माघ ५ ।
सरकारले आजदेखि भूकम्पपीडितलाई घर निर्माणनिम्ति दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु गर्ने भएको छ । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँचपास गराएकालाई सरकारले दोस्रो किस्ताबापतको रकम दिन थालेको हो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो चरणमा मकवानपुर र सिन्धुलीमा रकम वितरण गरिने छ । ती जिल्लाबाट दोस्रो किस्ताका लागि करिब ३ सय पीडितको नाम प्राधिकरणमा पुगेको छ ।


सोमबारसम्मको तथ्यांकअनुसार भूकम्प ‘अतिप्रभावित’ १४ वटा जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरीले पुनर्निर्माणअन्तर्गत अनुदान रकम पाउने प्राधिकरणले जनाएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: