Sunday, January 8, 2017

भीरबाट खसेर युवकको मृत्यु

मुगु, पुस २४ ।
मुगुको फोतु गाविसमा सिँचाइ आयोजनामा काम गर्न गएका एक स्थानीय युवकको शनिबार भीरबाट खसेर मृत्यु भएको छ ।

फोतु–६ का २८ वर्षीय गडकबहादुर मल्लको छर्तने सामुदायिक सिँचाइ आयोजनाको फलामेपाइप जोड्नेक्रममा भीरबाट खसेर मृत्यु भएको आयोजना निर्माण समिति अध्यक्ष खड्गबहादुर शाहीले जानकारी दिए ।

Previous Post
Next Post

post written by:

0 comments: