Sunday, January 8, 2017

इरानको पूर्व राष्ट्रपति अलि अकबरको निधन

एजेन्सी,पुस २५ – इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ । हृदयघात भएपछि राजधानी तेहरानको एक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो ।
सन् १९८० पछि उहाँलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

१९८९ देखि १९९७ सम्म उहाँ राष्ट्रपतिमा रहनु भयो भने सन् २००५ को चुनावमा हार व्यहोर्नुभयो । पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

Previous Post
Next Post

post written by:

0 comments: