Friday, January 13, 2017

‘छक्का पञ्जा’ पाइरेसी गर्ने एक युवाले गरे आत्महत्या !

काठमाडौं – नेपाली चलचित्र उद्योगमा उत्कृष्ट रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न एक युवाले आत्महत्या गरेका छन् । चितवन घर भएका कृष्ण सुवेदी नामका युवाले मानसिक तनाब खेप्न नसकी आत्महत्या गरेको अनुमान गरिएको छ । यसको बारेमा पुर्णतः विवरण आउन बाँकी छ ।

आत्महत्या गर्ने निजले गुगल ड्राइभको सहारामा नेपालदेखि अमेरिका फिल्म पठाएका थिए । ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक भएको छ । फेसबुक मार्फत लिक भएपछि ‘छक्का पञ्जा’ युट्युबमा राखिएको छ । वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र हो । यसले १०१ औं दिन समेत मनाउन सफल भएको थियो ।

पाइरेसीको चपेटामा परेको ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक (हेर्नुहोस् : पूरा चलचित्र)

प्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्रिय रिलिजको क्रममा थियो । यतिखेर चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दिपा श्री निरौला चलचित्र प्रदर्शनकै लागी बेल्जियम पुगेका थिए । पुरा चलचित्रनै फेसबुक तिर भाइरल बन्न थालेपछि उनीहरु अहिले नेपाल फर्कन लागेका छन् । चलचित्रको पाईरेसी कसले गरेको हो त्यो खोजी गरी कारबाही अघि बढाउन गिरीले आग्रह गरेका छन् ।

छक्कापञ्जामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन् । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको यो चलचित्र २४ भदौमा प्रदर्शनमा आएको थियो ।

Previous Post
Next Post

post written by:

0 comments: