Tuesday, January 10, 2017

विश्वकप फुटबल विस्तारित : सहभागी टोलीको संख्या ४८ पुग्यो, ८० खेल हुने

एजेन्सी
विराटनगर, पुस २६ ।
विश्व फुटबल महासंघको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ ।

विश्वकपलाई विस्तार गर्न दिइएका पाँच विकल्पहरूमध्ये फिफा काउन्सिलका ३७ सदस्यले गरेको मतदानबाट ४८ टोली सहभागी गराउने प्रस्ताव बहुमतले पारित भएको हो ।

नयाँ फम्र्याटअनुसार २०२६ को विश्वकपमा ४८ देश सहभागी हुनेछन् । सहभागी टोलीलाई १६ समूहमा विभाजन गराएर समूहका शीर्ष दुई टोलीलाई नकआउट चरणमा लगिने छ ।

यसअघि सन् १९९८ देखि विश्वकपमा ३२ टोलीको मात्र सहभागिता रहँदै आएको थियो । जसमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरी समूहका शीर्ष दुईलाई नकआउट चरणमा लगिन्थ्यो । नयाँ संरचना २०२६ को विश्वकपदेखि लागू हुने बताइएको छ ।

अब नयाँ संरचनाअनुसार विश्वकपमा जम्मा ८० खेल हुनेछन् । विश्व विजेताले अगाडिकै संरचनाअनुसार सात खेल खेल्नेछन् । प्रतियोगिता ३२ दिनसम्म हुने बताइएको छ ।

विश्व फुटबलमा यस्तो संरचना लागू गराउन गत फेब्रुअरीमा फिफा अध्यक्षमा निर्वाचित भएका जियान्नी इन्फान्तिन्होले केही समयअघि फिफामा प्रस्ताव गरेका थिए ।

Previous Post
Next Post

post written by:

0 comments: