Sunday, January 15, 2017

अमेरिकाकाे डलासमा एनअारएन अमेरिकाकाे साधारणसभा सुरूः एमाले समर्थकलार्इ नजरअन्दाज गरिएकाेमा अापत्ति

15940369_1095296933929716_6613326420375961231_n

गैरअावासीय नेपाली संघ अमेरिकाकाे पाँचाै साधारणसभा टेक्सास राज्यकाे डलासमा सुरू भएकाे छ । नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले  नेपाली परम्परा अनुसार नै पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेपछि विधिवत रूपमा साधारणसभा सुरू भएकाे हाे ।


समाराेहमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, गैरअावासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुमार पन्तलगायत अमेरिकी नेपाली डायस्पाेराका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ । उद्घाटन सत्रमा उनीहरूले साधारणसभाकाे सफलताकाे कामना गरेका थिए ।
15941252_1095296923929717_7449456377097481287_n


अमेरिकाका विभिन्न राज्यबाट पातलाे संख्यामा अाएका नेपाली प्रतिनिधिहरूकाे उपस्थितिमाझ सुरू भएकाे साधारणसभा एनअारएन अमेरिकाभित्रकै अान्तरिक किचलाे, कांग्रेस पृष्ठभूमीका पदाधिकारीहरूकाे दबदबा र अन्य कतिपय कारणले खासै जमेकाे छैन ।


समाराेहमा ९० प्रतिशतभन्दा बढी कांग्रेसी समर्थक रहेकाे भनेर बताइए पछि  एमाले समर्थक प्रवास् नेपाली मञ्चलार्इ नजरअन्दाज गरिएकाे भन्दै मञ्चसम्वद्ध  सहभागीहरूले विराेध गरेका थिए ।


१० हजारभन्दा बढी साधारण सदस्य भएकाे एनअारएन अमेरिकाकाे साधारणसभामा मुस्किलले पाँचसयकाे हाराहारीमा सहभागिता रहेकाे छ । प्रतिशतमा हेर्दा याे ५ प्रतिशत पनि हैन ।


तस्वीर साैजन्यः हिमालय खबर

Previous Post
Next Post

post written by:

0 comments: