Sunday, January 15, 2017

र्‍यापर यमवुद्धद्वारा बेलायतमा अात्महत्या, संसारभर नेपाली प्रशंसक स्तव्ध

15965751_1142245085888937_6666539500582900581_n

यमबुद्धको नामले चर्चित र्‍याप गायक अनिल अधिकारीको बेलायतको लण्डनमा भएकाे दुःखद निधनले उनका प्रशंसकहरू स्तव्ध भएका छन् ।


बीबीसी नेपालीका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६:२० बजे एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने खबर पाएपछि घटनास्थल पुगेको लण्डनको मेट्रोपोलिटन पुलिस र चिकित्सा टोलीले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । उक्त घटना शंकास्पद नठानिएको त्यहाँको प्रहरीले जनाएको छ ।
पारिवारिक स्राेतका अनुसार २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित अाफ्नै निवासको बाथरुममा शनिबार बिहान झुण्डिएको अवस्थामा भेटिएको थियाे ।


पूर्वी नेपालकाे धरानमा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दै आएका थिए ।


सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान रहेका  र्‍यापर अधिकारीका ‘आमा,’  ‘जुत्तामा,’ ‘साथी’ जस्ता चर्चित गीत छन्।

Previous Post
Next Post

post written by:

0 comments: