Monday, January 9, 2017

विश्वकपमा सहभागी देश बढाउन मतदान हुँदै, पाँच विकल्प खुला

एजेन्सी
विराटनगर, पुस २५ ।
सन् २०२६ को विश्वकपमा ४८ देशलाई सहभागी गराउनेबारे मंगलबार फिफामा मतदान हुने भएको छ । यो अवधारणा गतवर्ष अध्यक्षमा निर्वाचित भएका जियान्नी इन्फान्तिन्होले अघि सारेका थिए ।

विश्व फुटबलको नियमनकारी निकाय फिफाका अध्यक्ष इन्फान्तिन्होले विश्वकपमा धेरैको समभागिता सुनिश्चित गर्न तीन टोली समावेश गरी १६ समूह बनाउने र प्रत्येक समूहको दुई टोली नकआउट चरणमा प्रवेश पाउने प्रस्ताव यसअघि गरेका थिए ।

यो प्रस्ताव पारित भएमा सन् १९९८ पछि विश्वकपमा सबैभन्दा धेरै देशको सहभागिता सुनिश्चित हुनेछ ।

फिफाले मंगलबार गर्न लागेको मतदानमा मतदातालाई पाँच विकल्पमा मतदान गर्न छुट दिएको जनाएको छ । फिफा काउन्सिल ३७ सदस्यीय रहेको छ । उनीहरूलाई मतदान गर्न दिइएको पाँच विकल्प यस्ता छन् :

  • ४८ टोलीलाई १६ समूहमा विभाजन गर्ने र समूहको शीर्ष दुई टोली नकआउट चरणमा पुग्ने । (जम्मा खेल संख्या ८०)
  • यो विकल्पमा पनि ४८ टोली हुनेछन् । सहभागीमध्ये पुच्छारका ३२ टोलीबीच नकआउट प्रतिस्पर्धा गराउने र त्यसको विजेताले छनौट भइसकेका १६ टोलीसँग प्रतिस्पर्धा गर्ने । (खेल संख्या ८०)
  • ४० टिमको सहभागिता गराएर १० समूहमा विभाजन गर्ने । समूहको १० विजेता र ६ उत्कृष्ट उपविजेतालाई नकआउट चरणमा प्रवेश गराउने । (जम्मा खेल संख्या ७६)
  • ४० टिमको सहभागिता गराउने र सहभागीलाई प्रत्येक समूहमा ५ टोली हुनेगरी आठ समूहमा विभाजन गर्ने । समूहका दुई टिम नकआउट चरणमा प्रवेश पाउने । (जम्मा खेल संख्या ८८)
  • विश्वकपको अहिलेकै फम्र्याटअनुसार गराउने । (जम्मा खेल संख्या ६४)
Previous Post
Next Post

post written by:

0 comments: