Sunday, January 15, 2017

ट्रम्पले सपथ गरेकै भाेलिपल्ट ‘वुमन्स मार्च अन वासिङ्टन’ मा केटी

katy-perry-hd_104224803

हिलारी क्लिन्टनकी कट्टर समर्थक चर्चित अमेरिकी गायिका केटी पेरी क्लिन्टनका पक्षमा गीत मात्र गाइनन्, अमेरिकी मुसलमान विरूद्ध डोनाल्ड ट्रम्पलेकाे नीति विरूद्ध चलचित्र नै निर्माण गरेकी छिन् । ट्रम्पकाे सपथग्रहण समाराेहमा गीत गाउनका लागि गरिएकाे अनुराेधलार्इ अस्विकार गर्दै उनी ट्रम्प  ह्वाइट हाउस सरेकै दाेस्राे दिन जनवरी २१ को ‘वुमन्स मार्च अन वासिङ्टन’ मा भाग लिने घाेषणा गरेकी छिन् ।


अमेरिकी मुसलमानहरूको अधिकारको पक्षमा उभिएकी पेरीले यो समुदायको हकहितका लागि ‘हयासटयाग डन्ट नर्मलाइज हेट’ नामक छोटो चलचित्र नै बनाएकी छन् ।चलचित्रमा ट्रम्पको मुसलमान नीतिलाई दोस्रो विश्वयुद्धका बेला १ लाख २० हजार जापानी–अमेरिकनलाई बन्दी बनाएको प्रसंगसँग जोडिएको छ ।


अमेरिकी मुसलमानहरूको सूची संकलन गर्ने बताएका ट्रम्पलार्इ जवाफ दिदैं उनले चलिचत्रमा  त्यसो गरे इतिहास दोहोरिन सक्ने चेतावनी दिएकी छिन् । चलचित्रमा ८९ वर्षे जापानी वृद्धा कोरुमियालाई देखाइएको छ, जो सन् १९४२ मा आफूले भोगेको व्यथा सुनाउँछिन् । एफबीआईले बुबालाई लगेको र क्याम्पमा बस्दाको तीतो अनुभव उनले बताएकी छन् ।


काेरूमियाले भनेकी छिन्, ‘हामी जापानी–अमेरिकी परिवार थियौं जसको संवैधानिक अधिकार खोसिएको थियो । चलचित्रकाे पछिल्लो खण्डमा अनुहारको प्रोस्थेटिक मेकअप उतार्दै कोरुमिया पाकिस्तानी मूलकी मुस्लिम–अमेरिकन हिना खानमा परिणत हुन्छिन् । खान भन्छिन्, ‘इतिहासलाई आफैं दोहिरन नदिऊँ ।’


चलचित्रका निर्देशक जापानी मूलकी आया तानिमुराका अनुसार अल्पसंख्यक, पीडित र पिछडिएकाको पक्षमा उभिदै अाएकी पेरीले चलचित्रका लागि आवश्यक प्रोस्थेटिक सामग्रीका लागि ब्ल्यांक चेक नै दिएकी थिइन् ।

Previous Post
Next Post

post written by:

0 comments: