Sunday, January 8, 2017

एमाले मोरङको आठौं अधिवेशन भोलिदेखि

विराटनगर, पुस २४ ।
नेकपा (एमाले) मोरङको आठौं जिल्ला अधिवेशन भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । एमालेले आइतबार पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

३ दिनसम्म चल्ने अधिवेशनमा ८ सय ८२ जना प्रतिनिधिको सहभागिता रहने पार्टीले जनाएको छ । एमाले मोरङ अध्यक्ष महेश रेग्मीले अधिवेशन आयोजना गर्न विभिन्न १४ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न कार्यक्रम छ । अधिवेशन सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने पार्टीले जनाएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: