Wednesday, January 11, 2017

कमल थापाको कार्यक्रममा पुगेर ओलीले भने-माओवादीकै कारण पृथ्वी जयन्तीमा बिदा दिन सकिएन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीकै कारण पृथ्वी जयन्तीमा बिदा दिन नसकेको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष ओलीले आजको दिन र आफू प्रधानमन्त्री हुँदा समेत पृथ्वी जयन्तीका दिन विदा दिन चाहेपनि माओवादीको बिरोधकै कारण सम्भव नभएको बताएका हुन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो साडे १ बजे देखी अपरान्ह चार बजेसम्म काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटी मण्डपमा चियापान कार्यक्रम राखेको थियो ।

Published on January 11, 2017 at 4:01 am

Loading…
Previous Post
Next Post

post written by:

0 comments: