Thursday, January 12, 2017

फिफा बरियतामा नेपाल ६ स्थान माथि उक्लियो, अर्जेन्टिना पहिलोमै

विराटनगर, पुस २८ ।
विश्व फुटबल बरियतामा नेपाल ६ स्थान माथि उक्लिएको ाछ । र, १७५औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ बरियताक्रमअनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । गत महिना नेपाल १८१औं स्थानमा थियो ।

फिफाले सार्वजनिक गरेको नयाँ बरियताअनुसार दक्षिण एसियामा भारत पहिलो (१२९), माल्दिभ्स दोस्रो (१४५), अफगानिस्तान तेस्रो (१५१), भुटान पाँचौं (१७६) स्थानमा रहेको छ । त्यस्तै, बंगलादेश छैठौं (१९०), श्रीलंका सातौं (१९६) र पाकिस्तान आठौं (१९७) स्थानमा छ ।

बरियताक्रमअनुसार विश्व बरियतामा अर्जेन्टिना पहिलो स्थानमा यथावत छ । ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।

Previous Post
Next Post

post written by:

0 comments: