Tuesday, January 10, 2017

नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, पुस २६ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको बताएका छन् । बैंककमा रहेका पूर्वराजाले २९५औं पृथ्वी जयन्ती अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले आफू नेपाली जनताको इच्छाअनुसार चल्ने हुँदा नारायणहिटीबाट बाहिरिनुपर्ने अवस्था आएको बताए । ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राज इच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं,’ वक्तव्यमा शाहले भनेका छन्, ‘तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं । र, गर्ने पनि छैनौं ।’

उक्त वक्तव्यमा पूर्वराजा शाहले जनताले चाहे आफू पुनः शासन व्यवस्थामा फर्कन सक्ने जनाउ दिएका छन् ।

Previous Post
Next Post

post written by:

0 comments: