Sunday, January 8, 2017

घडी चोरेको आरोप लागेपछि सांसद खतिवडाले बोलाए आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं,पुस २४ – नेपाली काँग्रेसका सांसद तथा युवा नेता रामहरि खतिवडा यतिबेला तनावमा परेका छन् । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको महँगो रोलेक्स घडी आफ्नो ट्राउजरको गोजीमा भेटिएपछि उनलाई घडी चोरी गरेको भन्ने आरोप सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका छन् । घडी कसले र कसरी किन राखिदियो भनने बारे केही पत्ता लाग्न सकेको छैन् । उनले यसबारे पत्रकार सम्मेलन आयोजन गरेका छन् ।

खतिवडा लाजिम्पाटस्थित र्‍याडिसन होटलको । र्‍याडिसन होटलको हेल्थ क्लवका उनी नियमित ग्राहक हुन् । गत बुधबार हेल्थ क्लवमा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँ मूल्य पर्ने घडी हरायो । जुन दिन क्लवमा रामहरि, प्रबल, सिमान्त गुरुङ र सुनिल शर्मासहित ८ जनामात्र थिए । प्रबलको लाखौँ मूल्यको घडी हराएपछि र्‍याडिसनमा निकै ठूलो हल्लाखल्ला भयो । जतिबेला रामहरि त्यहाँबाट हिँडिसकेका थिए । त्यसको अर्को दिन उनी गृहजिल्ला ओखलढुंगा गए । क्लवमा गएनन् ।

यही बीचमा प्रबलले प्रहरीमा उजुरी दिए । प्रहरीले खतिवडालाई पनि फोन गरेर बोलायो । ‘म ओखलढुंगामा छु, मसँग घडी छैन् । कसैगरी मेरो कपडामा परेको रहेछ भने खबर गरुँला ।’– खतिवडाले प्रहरीलाई भनेका थिए । तर उनी त्यतिबेला झसंग भए जतिबेला उनको ट्राउजरको खल्तीमा घडी भेटियो । उनले लगत्तै सिमान्त गुरुङलाई एसएमएस गरे ‘प्लीज कल मी ! ’ भन्दै । तर, सिमान्तको फोन आएन ।

मोबाइल नम्बर अर्कै रहेछ । त्यसपछि रामहरि आफैले सुनिल शर्मालाई फोन गरेर घटनाको जानकारी गराए अनि सिमान्तको फोन नम्बर पनि लिए । सिमान्तमार्फत प्रबलसँग कुरा भयो । उनले घडी आफ्नो खल्तीमा भेटिएको भन्दै दरबारमार्ग प्रहरीलाई पनि जानकारी गराए । चार दिनपछि शनिबार खतिवडा आफै होटल र्‍याडिसनमा पुगेर प्रबललाई घडी फिर्ता गरे ।

Previous Post
Next Post

post written by:

0 comments: